दफा ९
महसुल छुटको लागि निवेदन दिनु पर्ने
(१) ऐनको दफा १३ को उपदफा (२) बमोजिम अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा उपयोग गर्ने हवाईजहाजको इञ्जिन, पार्टपुर्जा, यन्त्र उपकरणमा भन्सार महसुल छुटको लागि देहायका/कागजात सहित मन्त्रालयमा निवेदन दिनु पर्नेछ:-
(क) भन्सार महसुल छुटको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस,
(ख) पैठारी गर्ने वस्तुको बीजक, (ग) गत आर्थिक वर्षमा पैठारी गरेको वस्तुको विवरण र मौज्दात परिमाण ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्तर्राष्ट्रिय उडानमा खपत हुने इन्धनको लागि- नेपाल आयल निगमले नेपाल सरकारको वाणिज्य तथा आपूर्ति सम्बन्धी विषय हेर्ने मन्त्रालयको सिफारिसं सहित देहायको विवरण खुलाई भन्सार महसुल छुटको लागि मन्त्रालयमा लेखी पठाउनु पर्नेछ:-
(क) आगामी वा चालू_ आर्थिक वर्षको लागि आवश्यक परिमाण,
(ख) गत आर्थिक वर्षमा भन्सार महसुल छुटमा पैठारी गरेको परिमाण,
(ग) हाँल मौज्दातमा रहेको परिमाण ।
(३) उपनियम /(१) वा (२) बमोजिम भन्सार महसुल छुटको लागि लेखी आएपछि मन्त्रालयले आवश्यक जाँचबुझ गर्दा मनासिब देखेमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्नेछ।